सोमबार, बैशाख ०७, २०८३
दोलालघाट पुलबाट हाम फाल्ने व्यक्ति मृत भेटिए

काभ्रे । जिल्लाको दोलालघाट पुलबाट हाम फाल्ने व्यक्ति मृत भेटिएका छन् । असार ५ गते हाम फाली बेपत्ता भएका सिन्धुपालचोकका गोविन्द तामाङ ८ दिनपछि मृत भेटिएका हुन् ।

५० वर्षीय तामाङ असार ५ गते दिउसो २ः४५ बजे भुम्लु गाउँपालिका– ८ कोसीपारी स्थित सुनकोसी नदिको पक्कि पुलबाट हाम फालेर बेपत्ता भएका थिए ।

तामाङ असार १० गते ९ः२० बजेको समयमा सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–७ खुर्कोट तल्लोबजार स्थित सुनकोशी नदी किनारमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

तामाङ सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ खाँडिचौर घर भई हाल काठमाडौ कपन डेरा गरी बस्दै आएका थिए । मृतकका छोरा विजय तामाङले आज शव बुझेका छन् । सिसिटिभि फुटेजको आधारमा उनको पहिचान गरिएको हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय