काभ्रेका १३ स्थानीय सरकारको बजेटः सबैभन्दा बढी पनौती, कम खानीखोला

काभ्रे । जिल्लाका १३ वटै स्थानीय सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएका छन् । जिल्लाको १३ मध्ये सबैभन्दा बढी पनौती नगरपालिकाले १ अर्ब ६० करोडको बजेट ल्याएको छ ।

त्यस्तै बनेपा नगरपालिकाले १ अर्ब ५ करोड ९५ लाख २५ हजार रुपैयाँ, धुलिखेल नगरपालिकाले १ अर्ब ५ करोड ९५ लाख २५ हजार रुपैयाँ, मण्डनदेउपुर नगरपालिकाले ८२ करोड ७७ लाख ८६ हजार ६०० रुपैयाँ, पाँचखाल नगरपालिकाले ७९ करोड २४ लाख ५० हजार रुपैयाँ र नमोबुद्ध नगरपालिकाले ७७ करोड १० लाख ४६ हजार ४४३ रुपैयाँको बजेट ल्याएका छन् ।

बजेट भुम्लु गाउँपालिकाले ६९ करोड ७३ लाख ३९ हजार रुपैयाँ, रोशी गाउँपालिकाले ६९ करोड २० लाख ९८ हजार रुपैयाँ, बेथानचोक गाउँपालिकाले ६४ करोड १२ लाख रुपैयाँ, चौंरीदेउराली गाउँपालिकाले ६१ करोड १७ लाख ४७ हजार रुपैयाँ, महाभारत गाउँपालिकाले ५६ करोड ९४ लाख २८ हजार रुपैयाँ, तेमाल गाउँपालिकाले ५० करोड ८९ लाख ६८ हजार ८०० रुपैयाँ र खानीखोला गाउँपालिकाले ४९ करोड ४३ लाख रुपैयाँ बजेट ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस