काभ्रेकी स्मृती श्रेष्ठले एसईईमा ल्याइन् ४ जिपिए

काभ्रे । लिंकन इङ्गलिस स्कुल नाला बनेपामा अध्ययनरत छात्रा स्मृति श्रेष्ठ जिल्ला प्रथम भएकी छिन् । विहिबार सार्वजनिक भएको एसईई परीक्षाको परिक्षाफलबाट स्मृतिले ४ जिपिए ल्याईन् । ४ जिपिए ल्याउने जिल्लाकै उनी एक्लि विद्यार्थी हुन् । ४ जिपिए ल्याएर उनी सर्वाेत्तम भएकी छिन् ।

९० र सो भन्दा माथि ल्याउने स्मृति मात्रै हुन् । ८० र सो भन्दा माथी ९० भन्दा कम उपलब्धी प्रतिशतमा स्विकृत अंक ३.६–४.० ल्याउने ३ सय ९५ जना छन् । उत्त उर्तिण प्रतिशतलाई अत्युत्तम मानिन्छ । त्यस्तै ७० र सो भन्दा माथी ८० भन्दा कम उपलब्धी प्रतिशतमा स्विकृत अंक ३.२–३.६ ल्याउने १ हजार १ सय ५९ जना छन् ।

उक्त समुहमा उर्तिण हुनेहरुलाई उत्कृष्ट मानिन्छ । त्यस्तै ६० र सो भन्दा माथी उपलब्धी प्रतिशतमा स्विकृत अंक २.८–३.२ ल्याउने १ हजार २ सय ६६ जना छन् । उक्त समुहमा उर्तिण हुनेहरुलाई उत्तम समुह भनिन्छ ।

त्यस्तै ५० र सो भन्दा माथी ६० भन्दा कम उपलब्धी प्रतिशतमा स्विकृत अंक २.४–२.८ ल्याउने ६ सय ८० जना छन् । उक्त समुहमा उर्तिण हुनेहरुलाई सन्तोषजनक मानिएको छ । ४० र सो भन्दा माथी ५० भन्दा कम २.०–२.४ ल्याउनेहरु ४९ जना छन् । उक्त समुहमा उर्तिण हुनेहरुलाई ग्राहा भनिन्छ ।

त्यस्तै ३५ र सो भन्दा माथी ४० भन्दा कम उपलब्धी प्रतिशतमा स्विकृत अंक १.६–२.० ल्याउनेहरु कोहि छैनन । उक्त समुहलाई आधारभुत मानिएको थियो भने ३५ भन्दा कम ल्याउनेहरुलाई नन ग्रेडिङ्गमा राखिएको छ । उक्त समुह २ हजार २ सय १ रहेको छ । जुन अबर्गिकृत हो । त्यसलाई फेल भनेर बुझिन्छ । परीक्षामा सहभागि भएका ५ हजार ७ सय ५१ जना बर्गिकरणका लागि समुहमा परेका थिए ।

एसईई २०८० मा काभ्रेपलाञ्चोक जिल्लाका २ सय १६ माध्यमिक विद्यालयबाट नियमित तर्फ ५ हजार ७ सय ५१ जना परीक्षामा सहभागि भएका थिए । २ सय ५ प्राविधिक र ३२ जना एक्जाम्टेड छन् । परीक्षा दिनेहरुमा बहिरा विद्यालयबाट ११ जना थिए । ३४ वटा विद्यालयबाट १० भन्दा कम विद्यार्थी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस