मदन भण्डारीको आज ७३ औं जन्मजयन्ती, विविध कार्यक्रम गरि मनाउँदै

काठमाडौं । नेकपा एमालेले आज विभिन्न कार्यक्रम गरि स्वर्गिय नेता मदन भण्डारीको ७३ औँ जन्मजयन्ती मनाउँदैछ ।

जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।

नेकपा एमालेका तत्कालिन महासचिव भण्डारीले ‘जनताको बहुदलीय जनवाद जबजको प्रतिपादन गरेका थिए । भण्डारीले प्रतिवादन गरेको ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको छ ।

२००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रुपमा मदन भण्डारीको जन्म भएको थियो ।

२०५० साल जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा दासढुंगा दुर्घटनामा मदन र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय