काभ्रेको रोशी खोलामा बालक मृत भेटिए
मंगलबार, आषाढ १९, २०८१ | १९:११:१५

काभ्रे । जिल्लाको रोशी गाउँपालिका-७ कटुञ्जे स्थित रोशी खोलामा बालक मृत भेटिएका छन ।
धादिङको गंगाजमुना गाउँपालिका-४ घर भई हाल काभ्रेको पनौती नगरपालिका-७ पनौती स्थित कोठा गरी बस्ने बुद्ध गुरुङको छोरा अन्दाजी बर्ष ४ का बिपिन गुरुङ मृत अवस्थामा फेला परेका हुन् ।
असार १७ गते साँझ ५ बजे रोशी–७ कटुञ्जे स्थित रोशी खोलाको किनारामा मृत अवस्थामा स्थानियले बालक देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुन साथ तत्काल प्रहरी टोली गई मुचुल्का पश्चात धुलिखेल अस्पतालमा ल्याइएको थियो ।