काभ्रे । जिल्लाको पाँचखाल नगरपालिका-४ दनुवार टोलका २३ वर्षीय सुजन दनुवारको लडेर मृत्यु भएको छ ।
पाँचखालकै लाम्दी भन्ने स्थानमा गोरेटो बाटोमा अचानक चिप्लिएर लडेका सुजनको उपचारको क्रममा मृत्यु भएको हो ।
बेहोस अवस्था रहेको सुजनको धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनी आज बिहान ८ बजेतिर चिप्लिएर लडेका थिए



















