काभ्रे । जिल्लाको रोशी गाउँपालिका-११ स्थित भ्याकुरे खोला तर्ने क्रममा बगेर दुई जनाको मृत्यु भएको छ ।
शनिवार साँझ ७ बजे रोशी गाउँपालिका ११ की ६५ वर्षीय जालमाया रुचाल मगर र उनको भदैनि अन्दाजी ५ वर्षीय सेतिमाया रुचाल मगर खोला तर्दै गर्दा बगेका थिए ।
करिव ९०० मिटर तल दुबै जना मृत अबस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।



















