बेथानचोकका आमाबुबाविहिन बालबालिकालाई आर्थिक सहयोग

काभ्रे । आमाबुबाबिहिन बालबालिकाको संरक्षणका लागि बेथानचोक गाउँपालिकाले आर्थिक रुपमा सहयोग गरेको छ ।

आमाबुबाविहीन भएका १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता अन्तर्गत प्रति महिना २ हजार रुपैंयाका दरले पालिकाका ९ जना बालबालिकालाई एकमुष्ट २ लाख ११ हजार ४८० रुपैंया संरक्षण रकम प्रदान गरिएको गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले जानकारी दिएको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत सञ्चालन भएको आमाबुबाबिहिन संरक्षण कार्यक्रमका लागि मन्त्रालयले प्रति व्यक्ति २ हजारका दरले वार्षिक एकमुष्ठ रकम पठाउनुपर्नेमा यस आर्थिक वर्ष २०८०/०८१ मा ७२ हजार रुपैंया मात्रै पठाएको शाखा अधिकृत सुशिला राईले जानकारी दिइन् ।

उनका अनुसार प्रदेशबाट पठाएको रकम अपुग भएपछि पालिकाले अपुग रकम १ लाख ३९ हजार ४८० रुपैंया आमाबुबाबिहिन बालबालिकालाई संरक्षणमा थप बताएको छ ।

पालिकाले आमाबुबाबिहिन भएका बालबालिका संरक्षणमा आफ्नो दायित्वलाई स्मरण गर्दै सामाजिक सुरक्षा भत्ता वितरणमा अपुग रकम थप गरेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । उनका अनुसार, यस कार्यक्रमलाई पालिकाले अपनत्व लिएर प्राथमिकतामा राखेर आमाबुबाबिहिन बालबालिका संरक्षणमा आर्थिकसँगै शैक्षिक रुपमा सहयोग गर्दै आएको छ ।

आमाबुबाबिहिन बालबालिकालाई समय समयमा शैक्षिक सामाग्रीहरु पनि वितरण गदैए आएको बेथानचोक गाउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस