बेथानचाेकका महिलाहरुलाई सर्वोत्तम लिटो, पिठो र सातु बनाउने तालिम

काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिकाका महिलाहरुलाई सर्वोत्तम लिटो, पिठो र सातु बनाउने तालिम प्रदान गरेकाे छ । गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत  गाउँपालिले ५ दिनसम्म सञ्चालन गरेकाे साे तालिम आज (आइतबार) एक समाराेहका बीच समापन भएकाे छ ।

तालिममा सहभागी महिलाहरुले मकै, भटमास, गहुँ, काजु र चिनी लगायतका खाद्यान्न मिश्रिण गरी सर्वोत्तम पीठो उत्पादन गरेर प्रदर्शन समेत गरेका थिए ।

तालिम समापन कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले स्थानीयस्तरमा पाइने मकै, गहुँ र भटमासलगायतको मिश्रण गरेर सर्वोत्तम पीठो बनाइएकोले बालबालिकाकाे लागि उत्तम रहेकाे बताए ।

तालिम अवधिभरमा प्रशिक्षकहरुले महिलामा व्यावसायिक क्षमताको वृद्धि, सर्वोत्तम पीठो उत्पादन गर्ने तरिका, बनाउने विधि, समावेश गर्नुपर्ने कच्चापदार्थ र बजारीकरण लगायत विविध विषयहरुमा सहजीकरण गरिएकोले याे तालिमले महिलाहरुलाई उद्यमी समेत बनाउने उनकाे दावी छ ।

यसैबीच गाउँपालिका उपाध्यक्ष तारा रानाले तालिम अत्यन्तै राम्राे भएकाे बताए । स्थानीय खाद्यान्नहरुकाे प्रयाेगबाट सर्वाेत्तम पिठाे, सातु, लिटाे बनाउन महिलाहरु आफैले जानेकाे खण्डमा बालबालिकाकाे खानाकाे लागि बजार धाउनु नपर्ने बताए ।कार्यक्रममा तालिममा सहभागीहरुलाई गाउँपालिका अध्यक्ष अधिकारी र उपाध्यक्ष रानाले प्रमाणपत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस