अरनिको राजमार्ग अवरुद्ध
बुधबार, आषाढ २७, २०८१ | ९:३२:४७
काभ्रे । भारी वर्षाले काभ्रेको धुलिखेल नगरपालिकामा पर्ने अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार उक्त बाटो हिलाम्य हुँदा अवरुद्ध भएको हो ।
धुलिखेल-८८, पुकुचामा बुधबार बिहानदेखि सडकको दुवैतर्फी बन्द भएको प्रहरीको भनाइ छ ।
सडक विभागसँगको समन्वयमा सडकको हिलो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।