
काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका-५ बोहरेली जङगलको ढुङगाको ओढारमा मानव शरीर कङकाल फेला परेको छ।
च्याउ खोज्न जंगल पुगेका स्थानीयले मानव शरीरको कंकाल फेला परेको खबर प्रहरीलाई गरेका थिए ।
उक्त कंकाल नमोबुद्ध नगरपालिका वडा नम्बर ४ श्रीराम ५० वर्षीय खडग बहादुर श्रेष्ठको भएको बताईएको छ । उनी २०८० साल भदौ महिना देखि सम्पर्क बिहिन भएको बताईएको छ।