सुनिता चौलागाईको मुक्तकहरु

१.
बगाउदै आँसुका भेल पत्थर जम्मा गर्छन्
आँखै अगाडी ठेलमठेल पत्थर जम्मा गर्छन्
मैले सिसा जस्तै जिन्दगी बनाउछु भनेदेखि,
मेरा आफन्तहरू अचेल पत्थर जम्मा गर्छन्

२.
मृत्युको शोकमा घरीघरी,सुरक्षित भएको छैन,
सुखसयलमा जीवनभरि सुरक्षित भएको छैन,
छुटकारा पाउन सजिलो कहाँ छ र जिन्दगीमा ,
सुनकै जन्जिर भित्र चरी, सुरक्षित भएको छैन।

३.
हरेक बर्ष , हरेक महिना चिन्ता लाग्छ अचेल
याद बल्झिन्छन् सानातिना चिन्ता लाग्छ अचेल
तिमी बिना मर्छु भन्दै कसम खान्थ्यौ कुनै बेला ,
कसरी बाँच्दैछौ म बिना चिन्ता लाग्छ अचेल।

४.
जोगाउन योग्यताको इमान निषेधित छ भन्छन्
बोलेर चिप्लो बनेर महान, निषेधित छ भन्छन्
अरूबेलामा चुरोट तान्दै बस्ने स्कुलका सरहरू
कक्षामा पढाउदा धूम्रपान निषेधित छ भन्छन्।

सुनिता चौलागाई , मण्डनदेउपुर –५, काभ्रे।

सिफारिस

ताजा समाचार

लोकप्रिय