रोशी-काठमाडौं सम्पर्क मञ्चको दोस्रो अधिबेशन

काभ्रे । नेकपा एमाले काभ्रे काठमाडौं सम्पर्क मञ्चले संगठन विस्तारको अभियानलाई तिव्र रुपमा अघि बढाएको छ । सोही अभियान अन्तरगत रोशी काठमाडौं सम्पर्क मंञ्चको दोस्रो अधिबेशनले नयाँ समिती गठन गरेको छ ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रमको विशेष अतिथी एमाले वागमती सम्पर्क कमिटीका उपाध्यक्ष सरोजमोहन लामा,एमाले जिल्ला अध्यक्ष राजन भुर्तेल,युवा संघका उपाध्यक्ष अमित लामा, अखिलका अध्यक्ष समिक वडाल,सम्पर्क मन्चका अध्यक्ष दीपक गौतमको उपस्थिती रहेको थियो ।

सम्पर्क मञ्चका उपाध्यक्ष  प्रभुराम श्रेष्ठका अनुसार भेलाको बन्द शत्रले नयाँ समिति गठन गरेको छ । टेक बहादुर रखाल मगरको अध्यक्षतामा बनेको समितिको उपाध्यक्ष क्षितिज लामा र सन्तोषी लामा चयन भएका छन् । सचिव मुना लामा, उप सचिव वासुदेव थापा र सृजना थापा मगर तथा कोषाध्यक्षमा चलाखमान तामाङ चयन भएका हुन् ।

समितिको कार्यसमितिमा सदस्यहरू अक्कल बहादुर तामाङ, ओम बहादुर पुलामी मगर, अनिता थापा मगर, ज्ञानेन्द्र थापा मगर, दिपक शाह ठकुरी, लिला बहादुर थापा मगर, टेक बहादुर विक, आकाश लामा रहेका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय