सोमबार, बैशाख ०७, २०८३
बनेपामा मृत भेटिएका व्यक्ति रोशीका देवराज तामाङ रहेको पुष्टि

काभ्रे । जिल्लाको बनेपा नगरपालिका-६ गोसाइँस्थानमा मृत भेटिएका व्यक्ति रोशीका देवराज तामाङ रहेको पुष्टि भएको छ ।

उक्त शव रोशी गाउँपालिका–४ लेम्बावेशी घर भई हाल बनेपा नगरपालिका–६ राममन्दिर बस्ने बर्ष ३६ को देवराज तामाङ भनि उनका भाई भिमराज तामाङले सनाखत गरेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

आज विहान ६ः३० बजेको समयमा गोसाइँस्थान टावरको सिडिमा देवराज मृत भेटिएका थिए । उनी मुखमा सेतो फिज काटेको अवस्थामा मृत्त अवस्थामा फेला परेका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय