मंगलबार, बैशाख ०८, २०८३
बनेपामा काल भैरवको पूर्णकदको मूर्ति स्थापना

काभ्रे । जिल्लाको बनेपा नगरपालिका-५ स्थित मगर गाउँमा काल भैरवको पूर्णकदको मूर्ति निर्माण गरिएको छ ।

विधिपुर्वक मन्दिरको पुननिर्माण तथा भैरबको प्रतिमा स्थापना र प्राण प्रतिष्ठा गरिएको छ । हिन्दु परम्परा अनुसार विधि गरी प्राण प्रतिष्ठान गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष राजकुमार आलेमगरले बताए ।

परापुर्वकालदेखी स्थानिय तथा आसपासका वासिन्दाहरुले मान्दै आएको उक्त मन्दिरको पुर्ननिमार्ण तथा भैरबको पुर्णकदको प्रतिमा राखिएको आलेमगरले जानकारी दिए ।

मन्दिर पुननिमार्ण तथा प्राण प्रतिष्ठाका लागी २ लाख ५५ हजार ८ सय ८५ लागत लागेको छ । मन्दिर निर्माण पश्चात आन्तरिक पर्यटक बढ्ने विश्वास लिईएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय