काठमाडौँ । न्यूरोडका स्थानीयले काठमाडौँ महामनगरका मेयर बालेन साहको पुत्ला जलाएका छन् । उनीहरुले शुक्रबार साँझ न्यूरोडमा पुत्ला जलाएका हुन् ।
काठमाडौँ महानगरले न्यूरोडमा फुटपाथ विस्तारको कार्य पुन सुरु गरेपछि यहाँका स्थानीय आक्रोसित भएका छन् । उनीहरुले शुक्रबार बिहानैदेखि फुटपाथ विस्तार कार्यमा रोक लगाएका थिए । वडा नम्बर २२ का वडा अध्यक्ष चिनिकाजी महर्जनको नेतृत्वमा आन्दोलन गरेका स्थानीयले महानगरका मेयरले आफूहरुसँग समन्वय नगरेको आरोप लगाएका छन् ।



















