मंगलबार, बैशाख ०८, २०८३
समन्वय प्रमुख दिपक गौतम अमेरिका प्रस्थान

काभ्रे । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम शुक्रबार अमेरिकाको कोलोराडोमा आयोजित स्वास्थ्य सम्वन्धी सम्मेलनमा भाग लिन गएका छन् । सोहि अवसरमा समन्वय समिति प्रमुख दिपक गौतमले आगामी चैत्रमा काभ्रेपलाञ्चोक जिल्लामा आयोजना गर्न लागिएको अन्र्तराष्ट्रिय युवा सम्मेलनको तयारी गर्नेछन् । १० दिने स्वास्थ्य सम्वन्धि कोलोराडोमा आयोजना हुँदैछ ।

‘स्वास्थ्य सम्मेलनमा भाग लिए सँगै अमेरिकामा रहेका नेपाली युवाहरुसँगको भेटघाट आयोजना गरिएको छ’– समन्वय समिति प्रमुख गौतमले भने–‘काभ्रेपलाञ्चोक जिल्लामा विश्वका विभिन्न देशका युवाहरु सहभागि गराएर आयोजना गर्ने तयारी गरिएको विश्व युवा सम्मेलनको तयारी र सहभागिताका बारेमा छलफल हुनेछ ।’ अमेरिका लगायत विभिन्न मुलुकका युवाहरु उक्त सम्मेलनमा सहभागिताका लागि विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गराउने गरी छलफल शुरु गरिएको प्रमुख गौतमले बताए ।

सम्मेलनमा नेपालका तीन तहकै सरकारबाट युवाहरुको प्रतिनिधित्व हुनेछ । धुलिखेलमा आयोजना हुने सम्मेलन जिल्लाका प्रमुख शहरहरुमा केन्द्रित हुनेछ । अमेरिकामा आयोजित स्वास्थ्य सम्वन्धी सम्मेलनमा सहभागि भए लगत्तै एनआएरन लगायतसँग भेटघाट राखिएको गौतमले बताए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय