✓ हेमन्त गिरी,
प्रिया,
हतार नगर्नू
मेरो नामको गाढा मेहेन्दी
आफ्नो हातमा सजाऊन !!
अनेकथोक नमिल्लान भोली…
कुरा नमिल्ला,
कुण्डली नमिल्ला !
हैसियत नमिल्ला,
जात नमिल्ला !
चलनको बजारमा
हामी दुईको औकात नमिल्ला !
अरु कसैको नामको रातो रङ्ग
सिउँदोमा पर्दा
बडो सकस हुनेछ तिमीलाई
हस्तरेखामा छापिएको रातो नाम मेटाउन !!
रङ्गहरुले दुःख दिन्छन प्रिया,
‘सबथोक’ नमिल्दा सम्म
यी रङ्गहरु संग छेडखानी नगर्नू !!



















