दुई थान मोटरसाइकल सहित काभ्रेका तीन जना पक्राउ
बिहिबार, साउन १०, २०८१ | १०:४४:१२

काभ्रे । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका-६ रातडाँडाबाट चोरीको दुई थान मोटरसाइकलसहित मोटरसाइकल चोरी संलग्न काभ्रेका तीन युवालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधवार विहान भकुन्डेबेसीबाट बा प्र ०२-०३१ प ५९४३ नम्बरको मोटरसाइकल चोरी गरेर सिन्धुली तर्फ आउँदै गरेका काभ्रेको पाँचखाल नगरपालिका-२ बस्ने २३ वर्षीय सुनिल तामाङले चलाएको मोटरसाइकल र सँगै रहेको अर्को प्र ३-०२-००४ प ३७९८ नम्बरको चोरीको मोटरसाइकल सहित पाँचखाल नगरपालिका-२ बस्ने २३ वर्षको दिनेश कोइराला र सोहि ठाउँको २६ वर्षको आदित्य विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक सुनिल प्रसाद चौरासियाले जानकारी दिए ।
चोरीको मोटरसाइकलसहित पक्राउ पर्ने तीन जनालाई अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको सिन्धुली प्रहरीले जनाएको छ ।