सुत्केरीको ज्यान गएपछि अस्पतालको आइसियु तोडफोड

काभ्रे । बनेपामा रहेको शिर मेमोरियल अस्पतालको आइसियुमा तोडफोड भएको छ । अस्पतालमा उपचार गराइरहेकी एक सुत्करीको ज्यान गएपछि पीडितका आफन्तले आइसियुमा ताडफोड गरेका हुन् ।

साउन ९ गतेदेखि बनेपा न.पा. ३ नालाकी ३२ वर्षीया इश्वरी सुन्दाश सुत्केरी गराउन अस्पतालमा भर्ना भएकी थिइन् । हिजो शुक्रबार दिउँसो उनले नर्मल डेलिभरीमार्फत छोरा पाएकी थिइन् । तर, सुत्केरी भएपछि उनको अवस्था गम्भीर बनेको थियो । रक्तश्राव धेर भएसँगै उनको पाठेघरको शल्यक्रिया समेत गरिएको थियो ।

अप्रेसनपछि आइसियुमा राखेर उपचार भइरहेकोमा गएराती सवा ११ बजे उनका आफन्तहरुले आइसियुमा तोडफोड गरेका थिए । घटनाको केही समयपछि डक्टरहरुले ११ः५५ बजे सुन्दाशलाई मृत घोषणा गरेका थिए । सुन्दाशको मृत्यु भएपछि पीडित पक्ष र अस्पतालबीच राती नै वार्ता भएको थियो । उक्त वार्तामा सहमति जुट्न नसकेपछि आज फेरि वार्ता हुने बताइएको छ । यसअघि केही दिनअघि मात्रै काभ्रेकै धुलिखेल अस्पतालमा सुत्केरी र नवजात शिशुको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस