क्यान्सरसँग जुध्दै कालिका माझी, उपचारको लागी सहयोग गर्न अपील

काभ्रे । पाठेघरको क्यान्सरसँग जुधिरहेकी काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका-१० माझी गाउँकी ५० बर्षकी कालिका माझीलाई बाँच्ने ठूलो रहर छ । पित्तथैलीमा पत्थरीको उपचार गराउन अस्पताल आउनु भएको उहाँलाई पित्तथैलीको उपचारपछि समस्या समाधान हुन नसकेपछि मेडिकल कलेज जोरपाटीबाट पाठेघरको क्यान्सर भएको पत्ता लाग्यो । त्यसपछि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउनु भएको उहाँको परिवारसँग भएको र आफन्त र ईष्टमित्रसँग मागेको पाँच लाखभन्दा धेरै रकम खर्च भइसकेको छ ।

पत्थरीपछि क्षयरोगको लक्षण देखायो त्यसपछि क्यान्सर भन्ने पत्ता लागेपछि उनको परिवार उपचार गराउन नै समस्यामा परेको छ । हरेक पटक अस्पताल लिएर जाने भनेपछि पैसा खोज्न जानु पर्ने र खोज्ने ठाउँ पनि सकिएपछि उपचार कसरी गराउने भन्ने समस्यामा परेकी छिन् । उनीहरुले माग्ने र सहयोगको लागि दाता खोज्ने भनेको भगवानमात्रै हो ।

सामाजिक संञ्जाल मार्फत देश विदेशमा खर्च जुटाउने माध्यम छैन । टेलिफोन उठाउने र हेल्लो भन्ने बाहेकको थप कुरा उनिहरु जान्नु हुन्न । तर धेरैले सहयोग जुटाएर उपचार गरेको सुन्दा आफूले पनि सहयोग पाउने आसा भने जिवितै राखेका छन । उपचारको लागि हजारौं रकम आवश्यक पर्ने भएपछि उहाँहरु सहयोगी दाताको खोजिमा हुनुहुन्छ । खेती किसानी गर्ने र ईमान्दार बनेर काम गर्ने सिमान्तकृत माझी समुदायको उनको पती चक्रबहादुर माझी सहयोग पाए श्रीमती बाँच्ने आशामा हुनुहुन्छ ।

एउटै किमोको ३६ हजार रुपियाँ खर्च हुने नियमित रुपमा औषधिको सेवन गर्नुपर्ने भएकाले दाताले सहयोग गरे बाँच्ने आशा पलाएको बताउछन । नियमित औषधि सेवन र उपचारले निको हुने चिकित्सकले बताएकाले आशा पलाएको उनले उल्लेख छ । एउटा गरिबले उपचार पाएर मर्नु पर्ने हो भन्दै उनले सरकार, सहयोगी, देश विदेश बस्ने मनकारीसँग सहयोगको याचना गरेका छन । उनलाई कसैले सहयोग गर्न चाहनुहुन्छ भने उनको खातामा सिधै सहयोग रकम जम्मा गरिदिन सक्नुहुनेछ ।

सहयोग गर्न ।
35107010013934
ग्लाेबल आईएमई बैक लि.
भक्तपुर शाखा
सम्पर्क: 9818288668 थप जानकारी आवश्यक भएमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस