अस्पताल र आफन्त बीच ५ बुँदे सहमति, सहमति पछि आफन्तले बुझे ईश्वरीकाे शव
काभ्रे । जिल्लाकाे बनेपा नगरपालिका बनेपामा रहेकाे शिर मेमाेरियल अस्पतामा मृत्यु भएका सुत्केरी महिला ईश्वरी सुन्दासकाे शव आफन्तले बुझेका छन् । अस्पताल र मृतक ईश्वरीकाे आफन्तबीच ५ बुँदे सहमति भएपछि आफन्तले शव बुझेका थिए ।
अस्पतालकाे लापार्वाहीका कारण ईश्वरीकाे मृत्यु भएकाे भन्दै आफन्तहरुले अस्पताललाई कार्वाहीकाे माग गर्दै आन्दाेलनमा उत्रेका थिए । ईश्वरीकाे उपचारकाे क्रममा अत्यधिक रक्तश्राव भई उपचाररत निज बिरामीको मृत्यु भएकाले मृतक परिवार तर्फमा पुग्न गएको पीडा सम्बोधनका लागि मृतकका आफन्तहरु र अस्पतालका प्रतिनिधिहरु बीच छलफल हुँदा ५ बुँदे सहमित गरेकाे थियाे । सहमतिसँगै आफन्तले मृतक ईश्वरीकाे शव आफन्तले बुझेका छन् ।
सहमित पत्रमा मृतकका तर्फबाट मृतकका पती विकास सुन्दास, बनेपा ३, मृतकका जेठाजु अर्जुन सुन्दास, बनेपा ३, माइती तर्फबाट उद्धव परियार, पनौती ४ ले र अस्पतालका तर्फबाटडा. एन्जेला बस्नेत, शिरमेमोरियल एन्टिस अस्पताल, बनेपाका प्रमुख चिकित्सा अधिकृत, सूर्य प्रभा शाक्य, प्रमुख वित्त अधिकृत, शिरमेमोरियल एन्टिस अस्पताल, बनेपा, उमेश यमन थापा, मानव संसाधन विकास अधिकृत, शिरमेमोरियल एन्टिस अस्पताल, बनेपाले हस्ताक्षर गरेका छन् । यसैबीच रोहवरमा भने बनेपा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष रमेश दाहाल, बनेपा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष बलराम अधिकारी, बनेपा नगरपालिका वडा नं. ५ बस्ने मदन सुन्दास रहेका छन् ।
के के भयाे सहमति ?
१. उक्त अस्पतालमा जन्म भई हाल सोही अस्पतालमा उपचाररत नवजात शिशुको अस्पतालबाट ‘डिस्चार्ज नभएसम्मका लागि भएको खर्च र मृतकको उपचार हुँदा भएको खर्च अस्पतालले निशुल्क गर्ने ।
२. मृतक इश्वरी सुन्दासका कोखबाट जन्म भएको हालको शिशु र यस अगाडीको एक समेत गरी दुई सन्तानमा शिरमेमोरियल एडभेन्टिस्ट अस्पतालमा उपचार हुन सक्ने कुनै रोग लागेका अवस्थामा उल्लेखित बालबच्चाको उमेर २२ (बाईस) वर्ष नपुगेसम्म उक्त अस्पतालले निशुल्क उपचार गर्ने ।
३. मृतक इश्वरी सुन्दासका पती विकास सुन्दास वा निजले सिफारिस गरेको कुनै एक व्यक्तिलाई अस्पतालमा उपलब्ध हुन सक्ने सेवा मध्ये निजको योग्यता र क्षमता अनुसारको रोजगारीको व्यवस्था शिरमेमोरियल एडभेन्टिस्ट अस्पतालले मिलाउने छ । तर विकास सुन्दासका हकमा निजको उमेर ४० वर्ष र निजले सिफारिस गरेका व्यक्तिका हकमा निजको उमेर ३८ वर्ष भित्रमा रोजगारीका लागि अस्पतालमा उपस्थित हुनु पर्नेछ ।
४. उल्लेखित दुई बच्चाहरुको शिक्षाका लागि स्थानीय शैक्षिक संस्थाहरुमा हुनेसम्मको सहूलियतका लागि अस्पताल तथा स्थानीय तहहरुबाट आवश्यक सिफारिस गर्ने ।
५. उक्त अस्पतमा उपचारको क्रममा निधन भएका इश्वरी सुन्दासको सब निजका परिवारजनले आजकै मितिमा बुझिलिई दाहसंस्कारको व्यवस्था मिलाउने ।