काभ्रे । अनलाइन जुवा खेलाउने धन्दामा सक्रिय पाँचखाल नगरपालिका-६ का सुजन श्रेष्ठ पक्राउ परेका छन् । पनौती नगरपालिका वडा नं ५ धनेश्वरमा रहेको शेष रमण न्यौपानेको घर कोठामा डेरा कोठा भाडामा लिई बस्ने श्रेष्ठलाई कोठाबाटै प्रहरीले पक्राउ गरेको हो ।
उनलाई अनलाइनमार्फत जुवा खेलाइरहेको अवस्थामा जुवा खेलाउन प्रयोग गरिने तीन थान मोबाइलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । श्रेष्ठले म्यासेन्जरबाट विदेशमा भएका नागरिकहरुलाई मेसेज गरी गेम खेल्ने नखेल्ने सोध्ने गरेको र खेल्न ईच्छुक भएमा निजहरुको एकाउन्ट बनाइदिने गरेका थिए ।
एकाउन्ट बनेपछी क्यास ट्याग ठाउने र सोहि बाट क्यास एपमा पैसा जम्मा हुने तथा प्लेयरहरुले क्यास एपमा पठाएको पैसालाई क्यासिनो सम्बन्धी बिभिन्न गेमको बउउ हरुमा क्वाइन राखिदिने गरेका थिए । प्रहरीका अनुसार उनले क्यास एप भाडामा दिएर पर्सेन्ट लिने गरेको कुरा बताएका छन् ।
श्रेष्ठले Milki way, fire krin, juwa, vegas sweeps, game vault, orion जस्ता एपहरुबाट जुवा खेलाउने गरेको पाइएको छ । उनलाई जुवा तथा सट्टाबाजी सम्बन्धी कसूरमा ५ दिन म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।



















