काभ्रेमा हराएको युवक एक महिना पछि मृत फेला

काभ्रे । जिल्लाको पाँचखाल नगरपालिका-६ स्थित सामुदायिक वनमा हिजो फेला परेको शवको सनाखत भएको छ । शव पाँचखाल नगरपालिका-६ का विजय श्रेष्ठको भएको पुष्टि भएको हो ।

शव हिजो दिउँसो च्याउ खोज्न जाने क्रममा काजिको तथा धैरेनी सामुदायिक जंगलको हनुमान गढि मन्दिर हुँदै कप नेपाल पोल्ट्री फार्म जाने ग्रामिण सडक नजिकै स्थानीयले देखेका थिए ।

२१ बर्षीय श्रेष्ठ गत असार १८ गतेबाट हराएका थिए । घटना स्थलमा प्राप्त प्रमाणका आधारमा विजयका बुबाले शवको पहिचान गरेको प्रहरीले जनाएको छ ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव वरको रूखको फेदमा सडेगलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय