
काभ्रे । नेपाल पुलिस स्कुल सागाँको आयोजनामा विद्यालय स्तरिय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सागाँस्थित विद्यालयको डि. बी. लामा मेमोरियल हलमा सुरु भएको छ। नेपाल ब्याडमिन्टन संघका केन्द्रिय उपाध्यक्ष उदय कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा एक समारोह बिच उद्धघाटन भएको छ।
उद्धघाटन समारोहमा नेपाल ब्याडमिन्टन संघका पदाधिकारीहरु, स्थानिय समाजसेविहरु, सहभागी विद्यालयका खेलाडी र प्रतिनिधीहरु, पत्रकार लगायत विद्यालय परिवारको उपस्थिति रहेको थियो।
विद्यालयका प्रार्चाय मोहन पौडेलले मन्तव्य मार्फत उपस्थित सम्पुर्ण खेलप्रमिमा स्वागत मन्तव्य राखेका थिए । प्रार्चाय पौडेलले उचित मार्गनिर्देशन पाएमा खेलमा लाग्ने विद्यार्थीहरुको भबिष्य उज्वल रहने कुरामा विद्यालयजोड दिदै अहिले ओलम्पिक खेलिरहेका प्रिन्स दाहाल कुनै समय यहि विद्यालयको हलमा ब्याडमिन्टन खेल्ने गरेको कुरा पनि स्मरण गराए ।
साउन २० गते सम्म चल्ने प्रतियोगितामा आयोजक सहित उपत्यका र उपत्यका बाहिरका गरि २८ विद्यालयका ११९ जनाले सहभागिता जनाएको आयोजकले जनाएको छ। U-11 (Boys/Girls), U-13 (Boys/Girls), U-16 (Boys/Girls) गरि जम्मा तिन उमेर समुहको ६ बिधामा सहभागिहरुले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको व्यतिगत विधातर्फको विजेताले नगदसहित प्रमाणपत्र र मेडल र मेडल संख्याका आधारमा उत्कृष्ट हुने विद्यालयले ट्रफि पाउने आयोजकले जनाएको छ। विधागत उत्कृष्ट खेलाडीलाई पनि आकर्षक पुरस्कार पाउनेछन् ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग सञ्चालन भईरहेको प्रतियोगिता विद्यालयस्तरको सबैभन्दा ठुलो प्रतियोगिता भएको आयोजकले दावी गरेको छ। प्रतियोगिता मार्फत सानै उमेरमा खेलमा लागेका विद्यार्थीहरुलाई खेलमा लागीरहने प्रेरणा मिल्ने र खेल भावना सहित प्रतिस्पर्धात्मक बानीको पनि विकास हुने विश्वास आयोजकले लिएको छ।