अबरुद्ध वि.पी राजमार्ग सञ्चालनमा

काभ्रे । विपी राजमार्ग अन्तर्गत जिल्ला रोशी गाउँपालिका खण्डमा अवरुद्ध सडक सञ्चालनमा आएको छ ।

गाउँपालिका-११ माम्तीसँगै राजमार्ग अन्तर्गत बिभिन्न स्थानहरुमा सडक अवरुद्ध भएको थियो । इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार अवरुद्ध सडक दुबै तर्फि सञ्चालनमा आएको हो ।

अबिरल बर्षातका कारण खोलाबाट लेदो सहितको बाढी, ढुङ्गाः ग्रेगरः माटो खसेर बाटो दुई तर्फि नै अबरोध भएको थियो । राजमार्गमा यात्राको क्रममा विभिन्न स्थानमा अप्रत्यासित पहिरो, लेदो तथा ढुङ्गाहरु खस्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनु इप्रका मंगलटारले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस