मंगलबार, बैशाख ०८, २०८३
पुरानालाई बिदाई, नयाँलाई स्वागत गर्दै बेलर इन्टरनेशनल एकेडेमी

काभ्रे । जिल्लाको बनेपामा रहेको बेलर इन्टरनेशनल एकेडेमीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत र कक्षा १२ उर्तिण विद्यार्थीहरुलाई विदाई गरेको छ । काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.डा भोला थापाले नेपालमा सम्भावना नै सम्भावना भएकाले विद्यार्थीहरुलाई स्वदेशमा नै अध्ययन गरी ब्यवहारीक ज्ञान हासिल गर्न अनुरोध गरे । उनले नेपालको हावापानी, संस्कृति, समुदाय र सम्पदाका सहित ब्यवहारीक ज्ञान नेपालमै उपलब्ध हुन्छ, काठमाडौ विश्वविद्यालयले विद्यार्थीहरुलाई नेपालमै उपयोग हुने शिक्षा प्रदान गरिरहेको बताए ।

कार्यक्रममा शिक्षाविद् माधव अधिकारीले विद्यार्थीहरुले प्रमाणपत्र मात्रै होईन ब्यवहारमा केहि सिक्यौं ? के सिकायौं ? सिकेर समुदायमा के प्रदान गर्न सक्यौ भन्ने तर्फ केन्द्रित हुन विद्यार्थीहरुलाई अनुरोध गरे । उक्त कार्यक्रममा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले बालबालिकाहरु सहि मार्गमा लाग्न सहि शिक्षा प्राप्तिका लागि निरन्तर मेहनत र संगत असल बनाउन सुझाव दिईन् ।

कार्यक्रममा नेपाली सेना २६ नम्वर बाहिनीका बाहिनीपति अशोक गुरुङ्ग, नेपाली सेना कालीजंग गणका गणपती प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना, विद्यालयका विभिन्न विभागका प्रमुखहरु, क्याम्पस तथा विभिन्न क्षेत्रका ब्यक्तिहरु, लेखापरिक्षक झलकमणी लम्साल, विद्यार्थी इच्छा लामा लगायतको बेलरले प्रदान गरेको शैक्षिक गुणस्तरका बारेमा चर्चा गरेका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय