काभ्रेमा नापतौल तथा गुणस्तर कार्यालय स्थापनाका लागि पहल

काभ्रे । मुख्य ब्यापारिक केन्द्र काभ्रे जिल्लामा नापतौल तथा गुणस्तर कार्यालय स्थापनाका लागि पहल थालिएको छ ।

उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य एवं धुलिखेल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मञ्जु कुमार कोजुले कार्यालय स्थापना लागि पहल थालेका हुन् ।

केन्द्रीय सदस्य कोजु नेतृत्व टोलीले हालकै दिनमा उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयका सचिब कृष्ण बहादुर राउतलाई भेटेर कार्यालय काभ्रे जिल्लामै स्थापनाको माग गरेको हो । नापतौल तथा गुणस्तर कार्यालय नहुँदा जिल्लाका ब्यवसायीहरुले ढक, तराजु मिटर दर्ता र नवीकरण गर्न सास्ती खेप्दै आइरहेका छन् ।

जिल्लामा नापतौल तथा गुणस्तर कार्यालय नहुँदा ढक, तराजु मिटर दर्ता र नवीकरण गर्न बालाजुको माछापोखरीस्थीत कार्यालयमा पुग्नु परेको छ । ‘काभ्रेपलाञ्चोक जिल्लामा ढक, तराजु मिटर दर्ता र नवीकरण गर्न कार्यालय नहुँदा ब्यवसायीहरुले निकै सास्ती खेप्नु परेको छ ।

त्यही समस्या समाधानका लागि हामीले मन्त्रालयका सचिबलाई ज्यूलाई भेटेर माग गरेका कुरा सकारात्मक केन्द्रीय सदस्य कोजुले भने । सचिबलाई भेट्न कोजुको नेतृत्वमा धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष कोमल सुन्दर श्रेष्ठ, संघका पदाधिकारी तथा सदस्य सहभागि थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस