फोनिजको २५औँ स्थापना दिवसमा बालगृहका बालिकाहरूलाई शैक्षिक सामग्री वितरण

काभ्रे । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को २५औँ स्थापना दिवस तथा रजत वर्षको अवसरमा धुलिखेलमा रहेको बालगृहका बालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । स्थापना दिवस तथा रजत बर्षको अवसर पारेर फोनिज काभ्रेले सामाजिक कार्यमा सहयोग पु¥याउने उद्धेश्यले बालिकाहरूलाई शैक्षिक सामग्री सहयोग गरेका हुन् ।

सोमबार धुलिखेल नगरपालिका वडा नं. ३ मा अवस्थित हेल्प नेपाल नेटवर्क बाल चिल्ड्रेन होम्सद्वारा सञ्चालित बालगृहमा फोनिज काभ्रेको टोली पुगेर बालगृहका सह–संयोजक रामप्रसाद श्रेष्ठ र सञ्चालक कर्णबहादुर कार्कीलाई स्टेशनरी एकमुष्ट हस्तान्तरण गरेका हुन् । उक्त बालगृहमा आश्रित २४ जना बालिकाहरूका लागि एक÷एक दर्जन कापी, एक÷एक प्याकेट पेन्सील र कलमसहितको सहयोग गरेको फोनिज काभ्रेका सचिव सुरज श्रेष्ठले जानकारी दिए ।

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै फोनिज बागमती प्रदेश इञ्चार्ज पेमा लामाले स्थापना दिवसको अवसरमा सामाजिक काम गरेकोमा धन्यवाद व्यक्त गरे । यस्ता कार्यक्रमले पत्रकारहरूले कलमको माध्यामबाट समाजका विसंगतीहरूलाई चिर्दै नयाँ समुनत समाज निर्माण गर्न र राज्यले नदेखेका र लुकेर रहेका समस्याहरुको उजागर गरी राज्यलाई जिम्मेवार बनाउने काममा फोनिजकर्मीहरु सदैव लागिरहेको उनको भनाई छ ।

सोही कार्यक्रममा फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापाले पत्रकारितासँगै सामाजिक काममा हातेमालो गर्न पाउँदा खुसी लागेको बताए । आवाज विहीनहरुको आवाजलाई मात्र होईन, सामाजिक काममा पनि हातेमालो गर्दै अगाडी बढ्ने काममा फोनिज निरन्तर लागिरहेको अध्यक्ष थापाले बताए । बालगृहको बालिकाहरू भनेको भोलिको देशको कर्णधार भएको भन्दै बालगृहमा आश्रित बालिकाहरूका उज्वल भविष्यको लागि थोरै भएपनि जोडिन पाउँदा खुशी लागेको र स्थापना दिवसको शुभकामना नै यही भएको बताए ।

बालगृहका सञ्चालक कर्णबहादुर कार्कीले चिल्ड्रेन होम्समा अहिले २४ जना बालिकाहरू बस्दै आएको बताए । केही बालिकाहरू कक्षा १२ पास गरी उच्च शिक्षाका लागि बाहिरिएको कार्कीले बताए । हाल त्यहाँ रहेका बाललिकाहरुमध्ये केही नमुना सञ्जीवनी माध्यमिक विद्यालयमा र केही पञ्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत रहेका छन् । उक्त बालगृहले कक्षा १२ सम्म अध्ययन गर्दा पढाउने र बस्ने व्यवस्था मिलाउनुका साथै जीवन विमा समेत गर्दै आएको छ । त्यस्तै कक्षा १२ पास भएपछि नगद ४ देखि ५ लाख दिएर विदाई गर्ने गरेको कार्कीले बताए ।

सो शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा फोनिज बागमती प्रदेशका स्थानीय सञ्चारमाध्यम हित प्रवद्र्धन विभागका प्रमुख उजाड रक्तिम, प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रोजन तामाङ, तामाङ पत्रकार संघ बागमती प्रदेशका सचिव जगत तामाङलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस