सोमबार, बैशाख ०७, २०८३
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंको कपन सरस्वतीनगरबाट ९ जना पक्राउ परेका छन् ।

उदयपुर ताप्ली गाउँपालिका-१ घर भएका ५० वर्षीय उद्दव राज हमालको कोठामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१२ घर भएका ४१ वर्षीय बद्री पौडेल समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार ७ सय २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको   प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय