घट्यो अण्डाको मूल्य
सोमबार, भाद्र ०३, २०८१ | ११:४१:५५
काठमाडौं । पछिल्लो समय उच्च वृद्धि भएको अण्डाको मूल्य केही घटेको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले असार अन्तिम साता सबैभन्दा ठुलो साइजको अण्डाको मूल्य ५२० रुपैयाँ प्रतिक्रेट रहेकोमा हाल प्रतिक्रेट २० रुपैयाँले घटाएर ५०० रुपैयाँ गरिएको बताए ।
यस्तै, ठुलो साइजको अण्डा प्रतिक्रेट ५०५ रुपैयाँबाट घटेर ४७५ रुपैयाँ कायम भएको छ । यस्तै, मध्यम खालको अण्डाको मूल्य ४४५ रुपैयाँ प्रतिक्रेटबाट घटेर ४१५ भएको लामिछानेले जानकारी दिए । चितवनलाई आधार मानेर अण्डाको मूल्य समायोजन गरिएको जनाइएको छ।