मंगलबार, बैशाख ०८, २०८३
स्वमूल्याङ्कनमा काभ्रेका १३ पालिका मध्य बनेपा नगरपालिका पहिलो

काभ्रे । देशभरका स्थानीय सरकारहरुको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) को नतिजामा जिल्लाको १३ मध्य बनेपा नगरपालिका पहिलो नम्बरमा परेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नजितामा बनेपा नगरपालिका ८६.५० अंक सहित जिल्ला प्रथम भएको हो ।

मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन गुणस्तर परीक्षणको अन्तिम नतिजामा बनेपाले सबैभन्दा बढी नम्बर सेवा प्रवाहमा १४.२४ पाउँदा सबैभन्दा कम सहकार्य र समन्वयमा ६ नम्बरमा मात्रै पाएको छ । बार्षिक बजेट तथा योजना तर्जुमा ब्यवस्थापनमा १०.२५ र भौतिक पूर्वाधारमा १०.५ अंक प्राप्त गरेको छ ।

दोस्रो नम्बरमा बेथानचोक गाउँपालिका छ । बेथानचोकले ८५.२५ अंक ल्याएको छ । तेस्रो नम्बरमा चौंरीदेउराली गाउँपालिका छ । चौंरीदेरालीले ८२.७५ अंक ल्याएको छ ।

चौथो नम्बरमा धुलिखेल नगरपालिका छ । धुलिखेलले ८२.२५ अंक ल्याएको छ । पाचौँ नम्बरमा पाँचखाल नगरपालिका छ । पाँचखालले ८२.०० अंक ल्याएको छ ।

छैठौं नम्बरमा पनौती नगरपालिका परेको छ । पनौतीले ७९.०० अंक ल्याएको छ । सातौं नम्बरमा खानीखोला गाउँपालिका परेको छ । खानीखोलाले ७७.२५ अंक ल्याएको छ ।

आठौं नम्बरमा नमोबुद्ध नगरपालिका छ । नमोबुद्धले ७२.७५ नम्बर लाइएको छ । नवौं नम्बरमा भुम्लु गाउँपालिका छ । भुम्लुले ७१.२५ अंक ल्याएको छ । दशैं नम्बरमा मण्डनदेउपुर नगरपालिका परेको छ । मण्डनदेउपुरले ७०.२५ अंक ल्याएको छ ।

एघारौं नम्बरमा रोशी गाउँपालिका परेको छ । रोशीले ६६.७५ अंक ल्याएको छ । बाह्रौं नम्बरमा तेमाल गाउँपालिका परेको छ । तेमालले ६६.२५ अंक पाएको छ भने महाभारत गाउँपालिका अन्तिम अर्थात १३ औं नम्बरमा परेको छ । महाभारतले ५७.५० अंक ल्याएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय