चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी

काठमाडौँ । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसीलाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बोर्ड अध्यक्षका लागि सिफारिस गरिएकामध्ये डिसीलाई नियुक्त गरिएको हो । निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।

चलचित्र विकास बोर्डको अध्यक्षका लागि अन्तिम समयमा तीन जनाको नाम सिफारिस भएको थियो । छ जना आवेदकमध्येबाट सिफारिस समितिले दिनेश डिसी, राजेश थापा र दिपा पाण्डे बस्नेतको नाम सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष बुझाइएको थियो ।

इलाममा जन्मिएका डिसीसँग रेडियो, टेलिभिजन कार्यक्रम प्रस्तोताका साथै चलचित्र निर्देशनको अनुभव छ ।उनी चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस