आइतबार, बैशाख ०६, २०८३
टिकटक खुला गर्न सबै सेवा प्रदायकलाई दुरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।

प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै भदौ ६ गते मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो ।

सरकारले शर्तसहित टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेपटि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका थिए । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेर सबै सर्ब शर्त मान्न तयार रहेको बताएका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय