काभ्रे । जिल्लाको पनौती नगरपालिका बालश्रममुक्त नगरपालिका घोषणा हुने भएको छ । शुक्रबार पनौतीमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख रामशरण भण्डारीले नगरपालिका बालश्रममुक्त बालमैत्री पहिलो नगरपालिका बन्न लागेको दाबी गरेका हुन् ।
पत्रकार सम्मेलनमा जारी प्रेस बिज्ञप्तिमा राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा शनिबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बालश्रममुक्त नगरपालिका घोषणा गर्नेछन् । पनौती नगरपालिकाका वडा नं १ देखि १२ सम्मका सबै वडा क्रमिक रुपमा बालश्रममुक्त भएसँगै पुरै नगरपालिकालाई बालश्रममुक्त नगरपालिका घोषणा गर्न लागिएको हो ।
पनौती नगरपालिकाले बाल श्रमको खोजि, बालश्रमका रहेका बालबालिकाको व्यवस्थापन, शिक्षाको व्यवस्था र परिवारमा मिलनको कार्य गरेको पत्रकार सम्मेलनमा उपप्रमुख गिता बञ्जाराले जानकारी दिईन । पनौती नगरपालिकाको बालश्रम मुक्त अभियानको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थासँगको सहकार्यमा अन्तराष्ट्रिय श्रम संगठन आइएलओको सहकार्य गरेको छ । पनौतीमा १७ जना बालबालिका श्रममा राखेको पत्ता लागेपछि उनीहरुलाई पुनस्थापना गरिएको बताईन ।



















