मंगलबार, बैशाख ०८, २०८३
बागमती प्रदेशलाई नै “बालश्रममुक्त” बनाउछौं : मुख्यमन्त्री लामा

काभ्रे । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा (तामाङ)ले प्रदेशलाई नै बालश्रममुक्त बनाउन प्रदेश सरकारले हातेमालो गर्ने बताएका छन् । पनौती नगरपालिकालाई बालश्रममुक्त घोषणा गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले प्रदेशभरका १ सय १९ वटै स्थानीय तहलाई बालमैत्री र बालश्रममुक्त बनाउन प्रदेश सरकारले विभिन्न नीति र कार्यक्रम ल्याउने बताए ।

`बालअधिकार सुनिश्चितताको लागि बालश्रममुक्त घोषणा गर्नु महत्त्वपूर्ण कदम हो, यसका लागि म पनौती नगरपालिकाका प्रमुख लगायत सबैलाई बधाई र धन्यवाद व्यक्त गर्छु,´ उनले भने, `बागमति प्रदेशका १ सय १९ वटै स्थानीय तहलाई बालमैत्री र बालश्रममुक्त बनाउन प्रदेश सरकारले विभिन्न नीति र कार्यक्रम ल्याउनेछौ ।´

पनौती नगरपालिकाले अत्यन्त न्यून बेरुजु कायम गराएको भन्दै शुन्य बेरुजु कायम गर्न अनुरोध गरे । उनले अलपत्र बनेको पनौती-खोपासी सडकलाई बहुबर्षिय बनाएर यो पटक बजेट बिनियोजन गरेर सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।

उक्त कार्यक्रममा पुर्व उद्योग राज्यमन्त्री बागमती प्रदेश सभा सदस्य कन्चनचन्द्र वादे, बागमती प्रदेशका पुर्व मन्त्री रहेका प्रदेश सभा सदस्य तिर्थ लामा र अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ)का राष्ट्रिय निर्देशक नुमान ओजकान लगाएतको उपस्थिती रहेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय