मुख्यमन्त्री लामाले गरे स्पोर्ट्स हलको उद्घाटन

काभ्रे । जिल्लाको बनेपास्थित काभ्रे बहुमुखी क्याम्पसमा निर्मित स्पोर्ट्स हलको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले खेलकुद क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताएका छन् ।

काभ्रे बहुमुखी क्याम्पसमा निर्मित स्पोर्ट्स हलले नगरमा धेरै खेलाडी उत्पादन गर्ने विश्वास रहेको बताउँदै मुख्यमन्त्री लामाले खेलकुदको क्षेत्रमा खासै लगानी नगरिएको र यस क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताएका हुन् । खेलकुदको क्षेत्रमा पनि धेरै विकास गर्न आवश्य रहेको देखिएको छ, जसका लागि प्रदेश सरकारले आवश्यक साथ सहयोग गर्ने बताए ।

कार्यक्रममा मन्त्री लामाले खेलले मानिसलाई स्वस्थ्य र अनुशासित बनाउने भएकाले सानै उमेरबाटै खेलकुदका क्रियाकलापमा सहभागी हुन समेत आग्रह गरे । कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य कञ्चन चन्द्र बादेले नगरपालिका र क्याम्पसको सहकार्यमा निर्माण गरिएको यस प्रकारको खेलको विकास कार्यले खेलाडीहरुलाई थप प्रोत्साहन मिल्ने बताए ।

उक्त क्याप्समा स्पोर्ट्स हल बनेपा नगरपालिकाको करिब ४० लाख सहयोगमा निर्माण गरिएको बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले जानकारी दिए । कार्यक्रममा बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटाले खेलका लागि पूर्वाधार क्षेत्रमा धेरै विकास गर्न बाँकी रहेको बताइन् । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लम्बोदर कायस्थले स्वागत मन्तव्य राखेको कार्यक्रमको सभापतित्व क्याम्पस प्रमुख केजी वैदारले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस