काभ्रे । बनेपाका बहुमुखी प्रतिभाका धनी मोहनलाल खिं मानन्धरको योगदान निक्कै ठूलो रहेको छ । बरिष्ठ कवि तथा लेखक मोहन दुवालले मानन्धरका गुरु मोहनलाल भएको बताए । बुद्ध धर्मका कट्टर अनुयायी भएको कारणले उहाँले मोहनलाल भिक्षु समेत भनिने गरेको छ । धर्मका गुरु तन्त्रमन्त्रका योगी, तान्त्रिक प्राचिन नाट्य विधाका प्रयोगकर्ता, वैद्य समाज सुधार भएको दुवालले बताए ।
जीवनको उत्तरार्धमा लायकु साः खलः काठमाडौंबाट उनले स्वर्ण पदक पाए । उनलाई मानन्धर समाज काठमाडौंले पनि सम्मान गरेको छ । बनेपामा अस्पताल थिएन । अरनिको राजमार्ग पनि बनेको थिएन । महिलाहरुले सुत्केरी हुन नसकेर मृत्युवरण गर्ने अवस्था थियो । उनले पनौती नालासम्म पुगेर सुरक्षित गर्भवती सेवा प्रदान गर्थे । धेरैलाई अलाकमा मर्नबाट जोगाएका थिए ।
उनको छोरा पनि उनी जस्तै त्यागी र अध्ययनशिल बने । काभ्रेको साहित्य तथा ईतिहासका वीकिपिडिया मानिने र मास्टर साहेवको उपमा पाउनु भएको उनको छोराको पनि निधन भयो । उनको छोरा ज्ञानकाजी मानन्धर र उनी मोहनलाल खिँको को स्मृतीमा उनको परिवारले कोष नै स्थापना गरेका छन् । संस्कृति, सम्पदा, साहित्य, शिक्षा र समाजसेवामा सक्रिय काभ्रे जिल्लाको मात्रै नभएर नेपालकै ताराकोे रुपमा हेरिने मानन्धरको स्मृतीमा उनको परिवाररले कोषको स्थापना गरेको हो ।
बनेपाका नक्षत्रको स्थापित ज्ञानकाजी मानन्धरको योगदानको स्मरणका लागि परिवारको तर्फबाट ज्ञानकाजी–मोहनलाल खिं स्मृति सेवा कोषको शुभारम्भ भएको छ । ज्ञानकाजी मान्नधरले बाबुका नाममा विभिन्न स्थानमा अक्षय कोष मार्फत सहयोग गर्दै आएका थिए । ‘बुबा र हजुरबुबाको सम्झनामा उनिहरुले समाजलाई पु¥याउनु भएको योगदानको कदर स्वरुप पहिलो चरणमा परिवारका सदस्यहरुको स्वत स्फुर्त सहयोगमा ज्ञानकाजी–मोहनलाल खिं स्मृति सेवा कोषको स्थापना गरेका छौं’–छोरा प्रकाश मानन्धरले उल्लेख गरे,–‘बुबा र हजुरबुबा दुबै तान्त्रिक विद्यामा समेत पोख्त हुनुहुन्थ्यो । हजुरबुबा मोहनलाल खिं मानन्धरले शुरु गर्नु भएका साहित्य, नाटक, संस्कृति, इतिहास तथा समाजसेवालाई बुबा ज्ञानकाजीले पछ्याउनु भयो’–छोरा प्रकाश मानन्धरले थपे –‘तीनवटा भाषाबाट साहित्यका पुस्तकहरु प्रकाशन गर्नुभयो । आफ्नो जीवन अरुका लागि सर्मपित गर्नु पर्छ भन्ने भाव सिकाए ।
श्रीमान र ससुराको नाममा स्मृति कोष स्थापना गर्न श्रीमती सुखवेति मानन्धरले १ लाख रुपैया प्रदान गर्नु भएको छोरा प्रकाशले उल्लेख गरे । आमा सुखवेतिको निरन्तरको प्रयास तथा अन्य शुभेच्छुकहरुको सुझाव र सल्लाहबाट समाजमा उनिहरुको योगदानलाई स्मरण राखिरहन साहित्य, शिक्षा र समाजसेवालाई मुख्य आधार बनाउँदै जीवन अर्पण गर्ने ब्यक्तिहरुको सम्मान तथा शिक्षा लगायतका क्षेत्रबाट पछि परेका र पारिएका ब्यक्तिहरुको अध्ययन लगायत अन्य सामाजिक कार्यमा सक्रियता रहन उक्त कोषको स्थापना र त्यसको परिचालन लक्ष्य लिएको छ ।
आमा सुखवेतिले ज्ञानकाजी, मोहनलाल लगायत मानन्धर परिवारले शुरु गरेको चण्डेश्वरी मन्दिर नजिकैको गुम्बामा हरेक वर्षको श्रीपन्चमीमा हुने पुजा तथा भोजको संरक्षण, सम्र्वद्धन र प्रर्वद्धनका लागि ५० हजार नगद सहितको अक्षय कोष स्थापनाका लागि अध्यक्ष रमेशकाजी मानन्धरले हस्तान्तरण गरे । स्मृति सेवा कोषमा अमेरिकामा बस्ने ज्ञानकाजी मानन्धरका जेठा छोरा भुवनकाजी मानन्धर, उनका छोरा छोरी तथा परिवारका अन्य सदस्यहरुले समेत सहयोग गरेको छ । पहिलो चरणमा १० लाख रुपैयाको कोष शुभारम्भ भएको छ ।
कोष स्थापनासँगै नेपालको इतिहासमा गणतन्त्रको विगुल फुक्न साहित्यको माध्यमबाट शशक्त आवाज उठाउने संस्कृतविद्, इतिहासविद् हरिराम जोशी र युवा साहित्यकार सुर्यप्रसाद लाकोजुलाई नगद १५ हजार सहित पहिलो वर्षको सम्मान गरिएको छ । वरिष्ठ संस्कृतविद् प्रा.डा.पुरुषोतम लोचन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बरिष्ठ साहित्यकार मोहन दुवाल, सम्मानित ब्यक्तिहरु, वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, छोराहरु भुवनकाजी मानन्धर र प्रकाश मानन्धर, बरिष्ठ पत्रकार रघुवरभक्त मानन्धर, नातिनी श्रेया मानन्धर लगायतले नेपालको इतिहासमा काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा जन्मिएर शिक्षा, साहित्य, संस्कृति, सम्पदा र समाजसेवामा ज्ञानकाजी मानन्धर र उनका बुबा मोहनलाल मानन्धरले पु¥याउनु भएको योगदानको चर्चा गरे ।
बिस १९५० साल आश्विन शुक्ल प्रतिपदामा जन्मनु भएको मोहनलाल २०४७ साल पौष शुक्ल षष्टीको दिनमा स्वर्गीय भए । ज्ञानकाजी मानन्धर १९९१ पौष २६ गते बनेपामा जन्मिएका हुन् । २०८० भदौ ८ गते उनको निधन भएको थियो ।



















