मंगलबार, बैशाख ०८, २०८३
उद्योगलाई वातावरण र प्रविधिक मैत्री बनाउनु पर्छ: मन्त्री भण्डारी

काभ्रे । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगलाई वातावरण मैत्री रुपमा सञ्चालनमा ल्याउनु पर्ने बताएका छन् । अहिलेको युग भनेको प्रविधिक मैत्री यूग भएकाले अब भोलिका दिनमा व्यवसायीहरुले पनि त्यो बाटो तर्फजानु पर्ने बताए ।

नेपाल इट्टा उद्योग महासंघको १६औँ साधारण सभा उद्घाटन समारोहलाई सम्मोधान गदै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । इट्टा उद्योगलाई प्रविधि एवं जलवायूमैत्री बनाई रोजगारी पूबद्र्धन गर्दै बातावरण जोगाउने योजनालाई बिस्तार गर्नुपर्ने उनले बताए ।

आर्थिक समृद्धि हाँसिल गर्न सरकार उद्योगी ब्यवसायीसँग हातेमालो गर्न समेत तयार रहेको बताए । ब्यसासायप्रति सरकारले हातेमालो गर्दै आर्थिक समृद्धितर्फ उन्मुख हुने अभियानमा ब्यवसायी पनि सहकार्य गर्ने सोच बनाउनुस्, सरकार सदेब तयार छ मन्त्री भण्डारीले भने ।

आफ्नो मन्त्रालयको ‘मन्दीदेखि समृद्धि’सम्मको अभियानलाई ब्यवसायीले पूर्ण साथ दिनुपर्ने उनको भनाई थियो । मन्त्री भण्डारीले देशको आयात र निर्यातको चुनौति समाना गर्न ‘मन्त्रालय–ब्यवसायी’बीच को दूरी कम गर्नुपर्ने आवश्यकता औंल्याए । छलफलको माध्यमबाट सुधारको बाटोतर्फ लाग्न ढिला भैसक्यो, हामी छिट्टै गम्भीर छलफल गरी आर्थिक समृद्धिको अग्रगामी लक्ष्यतर्फ लाग्नैपर्छ, उनले भने ।

कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्यद्वय कञ्चनचन्द्र वादे श्रेष्ठ, लक्ष्मण लम्साल लगायतले मन्दीको अवस्थाबाट माथि उठ्न उद्योग ब्यवसायीलाई हौसला प्रदान गर्दै सहयोग गर्न सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे । महासंघका अध्यक्ष शंकरबहादुर चन्दले उद्योगीको बैंकको ऋणको समयावधि थपिदिनुपर्ने माग राख्दै आर्थिक मन्दीका कारण ३० प्रतिशत उद्योग बन्द अवस्थामा रहेको बताए ।

अध्यक्ष चन्दले मन्त्री भण्डारी सगँ गुनासो राख्दै बैकबाट ऋणलिँदा बैकले भर्ने तमोसुक समेतमा सरकारको ध्यान जानु पर्ने बताए । व्यवसायीहरु धेरै मर्कामा परेको भन्दै सघीय सरकारको निर्णय स्थानिय सरकारले पनि लागु गराउन समेत उनले आग्रह गरे । उनका अनुसार देशभर एक हजार दुई सय इट्टा उद्योगमा आवद्ध रहेका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय