(गद्य शैलीमा)
हरेक वर्ष आउँछ असोज तीन
हाम्रो प्यारो संविधान जन्मेको दिन
पैतिस भाग नौ अनुसूची तीन सय आठ धारा
बोकेर आयौ नेपाल र नेपालीको सर्वाङ्गीण विकासको अभिभारा
संविधान सभाबाट संविधान बनाउने नेपालीको सपना साकार पार्दै
एकतीस ओटा मौलिक हक र चार नागरिक कर्तव्यको व्यवस्था गर्दै ।
एकल शासन अनि सामन्तवादको अन्त्य गर्दै
सामाजिक कुसंकारको समूल नष्ट गर्दै
हिमाल, पहाड, तराई कोही छैन पराई भन्ने मूलमन्त्र जप्दै
समावेशी सिद्धान्तलाई आत्मसात गर्दै
हरेक वर्ष आउछ असोज तीन
हाम्रो प्यारो संविधान जन्मेको दिन ।।
हरेक नागरिकका अधिकारलाई उजागर गर्दै
गाँस, बास र कपासको सुनिश्चित गर्दै
स्वास्थ्य, शिक्षा र सुरक्षाको प्रत्याभूत गर्दै
दुरदराजका बास्तीमा उज्यालो छर्दै
भाइचारा, सद्भाव र सहिष्णुतालाई मजबुत पार्दै
हेपिएका तमाम नेपाली जनलाई सम्मान गर्दै
हरेक घरघरमा सुख र सम्मृद्धि फैलाउदै
प्रत्येक वर्ष आउँछ असोज तीन
हाम्रो प्यारो संविधान जन्मेको दिन ।
हरेक बालबालिकाको सुन्दर भविष्यको निर्माण गर्दै
शोषित, उत्पीडित र पिछडा वर्गको मुहारमा कान्ति छदै
दिग्गजहरुको त्याग, तपस्या र बलिदान
संसार कै उत्कृष्ट हाम्रो प्यारो संविधान
हाम्रा अग्रजले,
हाम्रा अग्रजले आर्जेको यो अमूल्य उपहार
संरक्षण र संवर्धन गर्ने हामी सबैको कर्तव्य अनि अधिकार ।।
गर्वित छन् शोषण र दमन विरुद्ध युद्ध लडेका अखडाहरु
आलै छन् अग्रजले बगाएका रगतका टाटाहरु
उजाड छन् कैयौं नारीका सिउदोहरु
खाली छन् कैयौं आमाबुबाका काखहरु ।
तर, मलाई शङ्का लाग्छ
तर, मलाई शङ्का लाग्छ
आजकाल हाम्रो संविधानमाधि चलखेल हुदै छ
आत्मसर्मपणवाद र लम्पसारवाद हावी हुदै छ
हाम्रा स्वाभिमान र गौरव खतरामा पारिएका छन्
रातारात सिमानाका पिलरहरु सारिएका छन्
खबरदार,
खवरदार हाम्रो संविधानमाधि धावा बोल्नेहरु
यहाँ उजाडिएका बस्तीहरूमा उज्यालो छर्न बाँकी छ
रित्तिएका काखहरु भर्न बाँकी छ
रोकिने छैनन् यी गतिशील पाइलाहरु
सुस्ताउने छैनन् यी कर्मशील हातहरु हामीले हाम्रो संविधानको रक्षा गर्नु छ साथी
विकासको उज्यालो ज्योति छर्नु छ साथी ।।
त्यसैले,
त्यसैले आऊ हातमा हात मिलाएर अगाडि बढौं
पुर्खाको अमूल्य उपहार संविधानको रक्षा गरौं
हरेक साल आउँछ असोज तीन
हाम्रो प्यारो संविधान जन्मेको दिन
हाम्रो प्यारो संविधान जन्मेको दिन ।।।
– प्रमिता विश्वकर्मा
श्री सञ्जीवनी नमुना माध्यमिक विद्यालय, धुलिखेल-कक्षा ११ (विज्ञान)
मिति : २०८१/०६/०३



















