काभ्रे । अवैध रुपमा ल्याइएको पटाकासहित एउटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
वि.पी राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिका–९, काभ्रेभञ्ज्याङमा सवारी चेकजाँच गर्ने क्रमममा सिराहाबाट भुस लोड गरी काठमाडौंतर्फ आउँदै गरेको ना५ख ७१७९ नम्बरको ट्रकमा अवैध रुपमा लुकाइछिपाइ ल्याएको २६ कार्टुन पटाका फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार जोकर लेखिएका पटाका ५ कार्टुन, चक्र लेखिएका पटाका ५ कार्टुन, सिंगल रकेट लेखिएका पटाका २ कार्टुन, खुर्सानी लेखिएका पटाका १४ बोरा प्रहरीले बरामद गरेको हो । ट्रक चालक फरार रहेको र खोजतलास तथा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।



















