बनेपा महोत्सवमा दर्शकको चाप बढ्दै, भोलि बुधवार एलिनाको प्रस्तुति रहने

काभ्रे । बनेपाको उग्रेश्वर मन्दिर प्राङगणमा जारी बनेपा महोत्सव २०८१ पाँचौ संस्करणमा दर्शकको चाप बढ्दो छ।

महोत्सवमा कृषि, दैनिक उपभोग्य सामग्री, जाडो यामका सामाग्रीको बिक्री वितरण उल्लेख्य मात्रामा भएको महोत्सवका मुख्य संयोजक पारस मणि कायस्थले जानकारी दिए । महोत्सवमा आज मङगलवार सहिमा श्रेष्ठ, मदन बिष्ट, सुप्रिया तामाङ लगायतका कलाकारहरुले महोत्सवको माहोल तताएका थिए ।

साथै महोत्वसमा भोलि बुधवार एलिना चौहान, यम कुमार मल्ल, सलिन थापा, प्रताप हुमागाई, दिलाशा डान्स ग्रुपको प्रस्तुती लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने महोत्सव आयोजक बनेपा ब्वाइज क्लब (बीबीसी) ले जनाएको छ ।

असोज ४ गतेबाट सुरु भएको महोत्सव १९ गतेसम्म संचालन हुनेछ । महोत्सवमा बिभिन्न बिधाका खेलकुद, गायन, नृत्य ,धिमे बाजा प्रतियोगिताका साथ साथै प्रत्येक दिन चर्चित राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुती भईरहेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस