बीपी राजमार्ग एकतर्फी सञ्चालन
शुक्रबार, आश्विन ११, २०८१ | १२:४४:४२
काभ्रे । वर्षासँगै सडकमाथिबाट झरेको लेदोको कारण अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालन भएको छ ।
आज बिहान वर्षासँगै आएको लेदोका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रेकाे रोशी गाउँपालिका–८ चार सयबेँसीमा सडक अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले अविरल वर्षासँगै आएको लेदोका कारण अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालन भएकाे बताए ।
वर्षा शुरू भएसँगै बीपी राजमार्गको चार सयबेँसी, माम्ती, कालढुङ्गालगायतका ठाउँमा आउने खहरे खोलाका कारण पटक–पटक घण्टौंसम्म राजमार्ग अवरुद्ध हुने गरेको छ ।