आइतबार, बैशाख ०६, २०८३
सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाण्डौ । केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । आज सुन तोलाको एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको एक लाख ६० हजार सात सय रुपैयाँ पुगेको थियो । पछिल्ला केही दिन यता सुनको भाउ निरन्तर बढीरहेको छ ।

यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ हिजोजस्तै एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय