अस्तब्यस्त तारहरु ब्यबस्थापन गर्न वडा कार्यालयको अनुरोध

काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ३ को कार्यालयले आफ्नो वडा भित्र रहेका बिभिन्न ईन्टरनेट सेवा प्रदायक कम्पनीका तारहरुलाई ब्यबस्थित गर्न वडा कार्यालयले सूचना मार्फत जानकारी गराएको छ ।

वडाभित्रको अस्तब्यस्त तारहरु ब्यबस्थापन गर्ने बिशेष अभियान सुरु गरेको वडाअध्यक्ष गणेश आचार्यले जानकारी दिए । उनले सरोकारवाला कम्पनीहरुले आ-आफ्नो तारको ब्यबस्थापन गर्न अनुरोध गरेका छन् ।

पर्यटकिय नगरीमा बिभिन्न ठाउँमा अस्तब्यत तारहरुका कारण सुन्दरतामा कुरुप देखाएको त छदैछ बेलाबेलामा बिभिन्न ठाउँमा आगलागि र दुर्घटना समेत हुदै आएको र खतरा पनि भएकोले सबै ठाउँमा ब्यवस्थापन गर्न वडाअध्यक्ष आचार्यले अनुरोध गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस