काभ्रेको रोशीमा फसेकालाई राहत र उद्धार गर्न उड्यो हेटिकप्टर

काभ्रे । अबिरल बर्षाका कारण विपी राजमार्गअन्तर्गत जिल्लाको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको हेलिकप्टरद्वार उद्धार गरिने भएको छ । यसका लागि सदरमुकाम धुलिखेलबाट नेपाली सेनाको हेलिकप्टरले पानी, खाद्यानहसहितका राहत सामग्री बोकेर त्यसतर्फ उडेको छ ।

हिजो साँझ नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास गरिएको भएपनि सफल हुन सकेको थिएन । खाद्यान्न सहित उडेको हेलिकप्टर अवतरणका लागि उचित ठाउँ नपाएपछि पुनःधुलिखेलमा फर्किएको जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले जानकारी दिए ।

त्यस क्षेत्रमा फसेकालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न आज विहानैबाट तयारी थालिएको उनले बताए । सडक सम्पर्कविच्छेद भएपछि राजमार्गमा करिब एक सय ५० यात्रु अलपत्र अवस्था रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए । उनीमध्ये विरामी, अशक्त र वृद्धवृद्धालाई पहिलो प्राथमितामा राखेर उद्धार गरिने छ ।

 

उनीहरुलाई धुलिखेल र भकुण्डेमा ल्याइनेछ । लामाका अनुसार नार्के बजारमा १२ घर पहिरोमा परेका छन् । करिब दुई सय स्थानीय सरणमा बसेका छन् । रोशीमा एघारको मृत्यु भएको छ । बुधबारदेखि परेको पानीले विपी राजमार्गका काभ्रेपलाञ्चोक खण्डमा सबैभन्दा बढी क्षति पुगेको हो । । नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा क्षेत्रमा रोशी खोलाको बाढीले करिब डेढ सय मिटर विपी राजमार्ग बगाएको छ ।

अरनिको र हेलम्बु राजमार्गको विभिन्न स्थानमा पहिराका कारण यातायातका साधान सञ्चालनमा आउन सकेका छैनन् । अन्य ठाउँम समेत सडक माथिबाट पहिरो र तलबाट रोशी खोलाले राजमार्ग कटान गरेको छ । दुई दिनको अबिरल बर्षाका कारण बाढी–पहिरामा परी काभ्रेमा ३० जनाको मृत्यु भएको जनाइएको छ ।

रोशी गाउँपालिकामा एघार, तेमालमा दश, चौंरीदेउरालीमा पाँच, भुम्लुमा दुई, बेचानचोक र बनेपा नगरपालिकामा एक÷एक जनाको मृत्यु भएको छ । पनोती ११ स्थित थुम्कीमा एक घर पहिरोले बगाउँदा चारजना वेपत्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस