काभ्रे र धादिङका सिडिओ फेरिए
सोमबार, आश्विन १४, २०८१ | ७:१९:२५
काभ्रे । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)हरूको सरुवा गरेको छ । मन्त्रालयले काभ्रेपलाञ्चोक र धादिङका सिडिओईहरुको सरुवा गरेको हो ।
बेथानचोक खबरलाई प्राप्त सूचना अनुसार जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईलाई गृह मन्त्रालयमा सरुवा गर्दै सेडाईको स्थानमा मन्त्रालयका उमेश ढकाललाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको रूपमा पठाइएको छ ।
यस्तै, धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि गृह मन्त्रालयमा झिकाएर पाण्डेको स्थानमा मन्त्रालयका सुमन घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको रूपमा पठाइएको छ।