काभ्रेमा यात्रु सहायता कक्ष स्थापना

काभ्रे । जिल्लाको बनेपामा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना गरिएको छ । चाडपर्वमा सुरक्षित यात्रा र ट्राफिक सचेतनाको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जिल्लाको बनेपा स्थित चारदोबाटोमा सहायता कक्ष स्थापना गरेको हो ।

काभ्रेको सडक भएर अरनिको र विपी राजमार्गसँगै हेलम्बु सडक, पनौती सडक तथा शाखा सडकमा हजारौंको संख्यामा यात्रुवाहक सवारी संचालन हुने भएकाले जिल्ला प्रहरी कार्यालय धुलिखेल तथा ईलाका प्रहरी कार्यालय बनेपासँगको समन्वयमा चारदोबाटोमा यात्रु सहायता कक्ष संचालनमा ल्याएको हो ।

बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न्न शाक्य, जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख एसपी बसुन्धरा खड्का, पुण्यवती यातायात प्रालीका अध्यक्ष राजेशसुन्दर सैंजु, ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी ज्ञानेन्द्र खड्का, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विकास तामाङले लामो तथा छोटो दुरीमा चल्ने सार्वजनिक यातायातका चालकलाई खादा र टिका लगाएर सुरक्षित यात्राको लागि अनुरोध गरेका छन् ।

ट्राफिक प्रमुख तामाङले यात्रुको गुनासो भएमा १०० मा फोन गर्न र सहायता कक्षमा आएर सम्पर्क राख्न अनुरोध गरे । उनले तोकिएको भन्दा धेरै भाडा नलिन अनुरोध गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस