छिमेकी जिल्लाको विपदमा तीन पालिकालाई बालेनको २० लाख

काभ्रे । काभ्रेका बाढी प्रभावित तीन वटा स्थानीय तहलाई काठमाडौं महानगरपालिकाले २०/२० लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । बाढीजन्य विपदबाट पुगेको क्षति पुनःस्थापना तथा संकट व्यवस्थापन गर्न राहतका लागि महानगरले २०/२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने जनाएको हो ।

महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षता शुक्रबार बसेको महानगर विपद व्यवस्थापन समितिको बैठकले पालिकाहरूको कोषमा सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

काभ्रेका पनौती नगरपालिका, रोशी र वेथानचोक गाउँपालिकालाई उक्त रकम सहयोग गरिएको महानगर विपदव्यवस्थापन समितिका संयोजक प्रेम थापाले जानकारी दिए ।

महानगरले आन्तरिक क्षति व्यवस्थापन गर्दै संकटमा परेका पालिकालाई सहयोग उपलब्ध गराएको जनाएको छ । यसैगरी महानगरले आन्तरिकतर्फ आफ्नो भौगोलिक क्षेत्रभित्र भएको क्षतिको विवरण पठाउन वडाहरूलाई पत्राचार समेत गरेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय