काभ्रे । जिल्लाकै पुरानो सहकारीको रुपमा रहेको बनेपा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
पूर्वमन्त्री बागमती प्रदेशका सदस्य कंचनचन्द्र वादे श्रेष्ठले साधारण सभाको उद्घाटन गरेका हुन् । उनले सहकारीको भिडमा बनेपा साकोसको विशिष्ट पहिचान भएको भन्दै सहकारीले सामाजिक उत्तरदायित्वमा खेलेको भुमिकाको प्रंशसा गरे ।
बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले सहकारीको भिडमा बनेपामा विश्वास गर्न लायक सहकारीको रुपमा बनेपा साकोस रहेको भन्दै निर्धक्क भएर बचत तथा ऋण कारोबार गर्न अनुरोध गरे ।
सहकारीका अध्यक्ष एंव जिल्ला सहकारी संघकाभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठले बनेपा साकोसले एक बर्षमा हासिल गरेको सफलताको बारेमा साधारण सभामा प्रतिवेदन पेस गरे । संस्थाका सचिव जितेन्द्र नकर्मीले सहकारीले एक बर्षमा गरेको प्रगतिको विवरण साधारण सभामा पेस गरे ।
सहकारीमा २२६० सेयर सदस्यले नियमित कारोबार गरिरहेका छन् । साधारण सभाको अवसरमा उत्कृष्ट बचत कारोबार गर्ने हरिसुन्दर श्रेष्ठ र बलबहादुर ओझा, बाल बचत रिहान भैल, समर मानन्धर, जेनिफर तामाङ, अनाया अवा,उत्कृष्ट लद्युवित्त सरिता फैजू, उत्कृष्ट ऋणी नरबहादुर घिसिङ र सरस्वती चौप्रधानलाई सम्मान गरिएको थियो ।
सहकारीका कोषाध्यक्ष सुविन श्रेष्ठले एक बर्र्षमा संस्थाले गरेको आर्थिक मुनाफाको विवरण सार्वजनिक गरे । सहकारीका लेखा समितिको संयोजक जगदीप पलाञ्चोकेले लेखा प्रतिवेदन पेस गरे ।
साधारण सभामा बागमती बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ, जिल्ला सहकारी संघको उपाध्यक्ष शान्ति लामा, मिरा सत्याल, सहकारीकर्मी विकास वादे श्रेष्ठ, पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना लगायतले मन्तव्य राखेका थिए ।
बनेपा साकोसमा रहदेवको नेतृत्व
सहकारीको साधारण सभाले रहदेव पोटे श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पदमसुन्दर श्रेष्ठ, सचिव जितेन्द्र नकर्मी, कोषाध्यक्ष सुविन मानन्धर चयन भए ।
समितिको सदसय शर्मिला मल्ली, लक्ष्मीनारायण ताम्राकार, अशोक वादे श्रेष्ठ चयन भएका छन् । लेखा समितिको संयोजक पदमा जगदिप पलाञ्चोके, ओमकाजी प्रजापती र राजन भालु सदस्यमा चयन भए । निर्वाचन संयोजक महेश कुंवरले उनिहरुलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरे ।



















